बारा, २८ साउन । बारामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

महागढीमाई नगरपालिका–८ बस्ने ३५ वर्षीय सुरेन्द्रप्रसाद यादवको शनिबार बिहान सवा ७ बजे करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

उनी चनरदेव भगतको धान खेतमा पानी हाल्न मोटर जोड्दै थिए ।

मोटरमा तार जोड्ने क्रममा विद्युत सर्ट भएर उनलाई करेन्ट लागेको प्रहरी नायब उपरीक्षक थापाले बताए ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।