पर्सा, २७ साउन । पर्सा प्रहरीले श्रीमतीको हत्या आरोपमा श्रीमानलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२३ का दिनेश प्रसाद यादव रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

२६ वर्षीय दिनेशले २३ वर्षीया पत्नी प्रतिमा कुमारी यादवको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

शुक्रवार विहान बीरगञ्ज–२३ ईटियाही टोलमा दिनेशले श्रीमतीको घाँटी थिचेर हत्या गरेको अनुसन्धानबाट थाहा भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रल्हाद कार्कीले बताए ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।