६ दलीय मोर्चाको संयूक्त विरोध

जनकपुरधाम, २६ साउन । नागरिकता समस्या, चर्को मूल्यवृद्धि र चरम मल अभावविरुद्ध नेकपा क्रान्तिकारी माओवादीसहित ६ दलीय मोर्चाले संयूक्त विरोध कार्यक्रम गरेको छ ।
बिहीबार जनकपुरधाममा संयूक्त विरोध कार्यक्रममा बोल्दै नेकपाका केन्द्रिय सचिव रामदुलार महतोले एमसिसिको विरोध गरेझैं सत्तारुढ दलहरुले स्टेट पार्टनरसीप प्रोग्राम समेत षड्यन्त्रमृुलक सम्झौता गर्न खोजेको आरोप लगाए ।
सचिव महतोले एमसिसिको सुरुमा विरोध गर्ने पछि कार्यान्वयनतर्फ लैजाने दलहरुले एसपिपि सम्झौता गरेर मुलुकलाई अमेरिकी सैनिकको अखाडा नाटोको सदस्य बनाउनका लागि षड्यन्त्रमुलक कार्यहरु भइरहेको बताए ।
सत्तारुढ दलले मुलुकलाई बन्धक बनाएर जनतालाई गुलाम बनाउन चाहेको उनले आरोप लगाए ।
त्यस्तै नेकपा क्रान्तिकारीका धनुषा जिल्ला इन्चार्ज शीतल कर्णले मधेसमा जन्मसिद्धका सन्तानलाई नागरिकता नभएकै कारण आफ्नो मौलिक अधिकारबाट समेत वञ्चित हुनु परेको बताए । उनले जथाभावीरुपमा मूल्यवृद्धि हुँदासमेत स्थानीय तहको सरकार, प्रदेश सरकार र संघ सरकारले भ्रष्टाचार गरिरहेकै कारण मूल्यवृद्धि आकाशिंदा समेत मौन बस्नु लज्जास्पद रहेको बताए ।
नेकपा बहुमत धनुषाका जिल्ला सदस्य बिन्देश्वर माझीले सरकारले मुलुकलाई द्वन्द्वतर्फ धकेल्न खोजेको आरोप लगाए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


