सर्लाहीमा पोखरीमा डुबेर एक महिलाको मृत्यु

सर्लाही, २६ साउन । सर्लाहीमा पोखरीमा डुबेर एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा २१ वर्षीया अर्चना यादव रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
मलंगवा नगरपालिका–५ भाँडसरस्थित रामजानकी मन्दिरको सार्वजनिक पोखरीमा डुबेर यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
भारतको सीतामढी जिल्ला ग्राम पञ्चायत जयनगर अररिया घर भएकी यादव माइती घर मलंगवा–५ मा बस्दै आएकी थिइन् ।
मृतकको शव मुचुल्का गरी प्रादेशिक अस्पताल मलंगवाको शवगृहमा राखिएको तथा यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


