सर्लाही, २६ साउन । सर्लाहीमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको हरिवन नगरपालिका–११ बस्ने ३८ वर्षीय गुरुप्रसाद ढुंगेल रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिए ।

ना.३३ प २२९५ नम्बरको मोटरसाइकलमा सवार ढुंगेललाई हरिवन नगरपालिका– १० स्थित नयाँ रोडमा बा.७ च ९२२२ नम्बरको कारले ठक्कर दिएको थियो ।

गम्भीर घाइते भएका उनको हरिवनमै प्राथमिक उपचारपछि वीरगञ्ज पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेको यादवले बताए ।