महोत्तरीको जङ्गलमा हरिणले आक्रमण गर्दा एक वृद्धाको मृत्यु

महोत्तरी, २४ साउन । महोत्तरीको बर्दिबास नगरपालिकास्थित जङ्गलमा हरिणले आक्रमण गर्दा एक वृद्धाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बर्दिबास नगरपालिका–८ सतखोली बस्ने ८० वर्षीया सुनमाया विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।
सोमबार साँझ घर नजिकैको जङ्गलमा रहेको बाँसको झ्याङमा बस्न गएको बेला हरिणले आक्रमण गर्दा उनको मृत्यु भएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


