गरगहना चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा एक युवक पक्राउ

सुनसरी, २१ साउन । सुनसरीमा सुनचाँदीका गरगहना चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।
जिल्लाको बराहक्षेत्र नगरपालिका–१ चतरास्थित औलिया ज्वेलर्सबाट गरगहना चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा सोही ठाउँ बस्ने २६ वर्षीय अनिल बराइलीलाई प्रहरीले पक्राउ गरेको हो ।
उक्त ज्वेलर्सबाट गरगहना चोरी भएको सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय चतरा र ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले चोरीमा संलग्न बराईलीलाई पक्राउ गरेको छ ।
उनको घरकोठा तलासी गर्दा दराज पछाडि कालो झोलामा लुकाई छिपाई राखिएको चोरी भएको ६ तोला ८३ लाल सुनका गरगहना र २९७ तोलाको चाँदीका गरगहना प्रहरीले फेला पारी बरामद गरेको छ ।
उनी उपर ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप अनुसन्धान भइरहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


