पर्सा, २१ साउन । सशस्त्र प्रहरीले पर्साबाट २४० किलो लागूऔषध गाँजा बरामद गरेको छ ।

पर्साको बहुदरमाई नगरपालिका–७ छपकैयाबाट सशस्त्र प्रहरीले लागूऔषध गाँजा बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल १३ नम्बर गण हेडक्वाटर वीरगञ्जबाट खटिएको टोलीले बाल निकेतन इङ्ग्लिस बोर्डिङ स्कुलको पुरानो भवन पछाडिको झाडीमा लुकाएर राखिएको २४० किलो गाँजा बरामद गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक सन्तोष बस्नेतले जानकारी दिए ।

बरामद गरिएको लागूऔषध गाँजा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको बस्नेतले जानकारी दिए ।