विराटनगरमा साइकलको ठक्करबाट एक वृद्धको मृत्यु

मोरङ, २० साउन । मोरङको विराटनगर महानगरपालिका–१९ मिलनचोकमा शुक्रबार बिहान साइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पैदलयात्री मोरङकै ग्रामथान गाउँपालिका–२ का ७० वर्षीय हर्कदेव सरदार रहेका छन् ।
ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा विराटनगरस्थित गोल्डेन अस्पतालमा मृत्यु भएको हो ।
ग्रामथान गाउँपालिका–२ कै ३५ वर्षीय बिनोद मोडियारीले चलाएको साइकलले आज बिहान साढे ७ बजे वृद्धलाई ठक्कर दिएको थियो ।
दुर्घटना पश्चात् साइकलयात्री फरार भएकोले खोजी भइरहेको प्रहरी चौकी झोराहाट मोरङले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


