सर्लाहीमा बेबारिसे अवस्थामा एक पुरुषको शव फेला

सर्लाही, १९ साउन । सर्लाहीमा बेबारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ ।
बुधबार राती ९ बजेको समयमा जिल्लाको हरिवन नगरपालिका–११ पाडा बजारस्थित मागि खाई हिँड्ने टुल्कु भन्ने ४० वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
पहाडी मुलकको जस्तो देखिने पुरुषको शव फेला परेको तथा यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


