जनकपुरधाम, १८ साउन । धनुषामा पहिचान खुल्न नसकेको एक पुरुषको शव फेला परेको छ ।

जिल्लाको मिथिला नगरपालिका–५ विश्रामपुरस्थित कुलोमा ४० वर्षीय एक पुरुषको शव फेला परेको हो ।

गहुँगोरो वर्णको खैरो गन्जी र सुन्तला रङ्गको कट्टु लगाएको व्यक्तिको शव फेला परेको प्रहरीले जनाएको छ ।

घटनास्थलको अध्ययन अनुसन्धान गरी शव पोष्टमार्टमका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामसागर सिंहले जानकारी दिए ।

मृत्युको ठोस कारण खुल्न नसकेपनि छारे रोगबाट मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए ।

अनुसन्धान प्रक्रियालाई फराकिलो बनाइएको प्रहरी निरीक्षक सिंहले बताए ।