सिरहा, १८ साउन । जबर्जस्ती करणी गरेको आरोपमा सिरहा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोलबजार नगरपालिका–१० धर्मपुरका ३८ वर्षीय राजकुमार विश्वकर्मा रहेका छन् ।

विश्वकर्मालाई बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा इलाका प्रहरी कार्यालय गोलबजारले पक्राउ गरेको हो ।

घरमा एक्लै टोलाउने, झोक्राएर बस्ने गरेका बालिकालाई अभिभावकले सोधखोज गर्दा आफूमाथि करणी भएको बताएपछि प्रहरीमा खबर गरेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक राजु केसीले जानकारी दिए ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको सिरहा प्रहरीले जनाएको छ ।