सर्लाहीमा पानीमा डुबेर एक वृद्धाको मृत्यु

सर्लाही, १८ साउन । सर्लाहीमा पानीमा डुबेर एक वृद्धाको मृत्यु भएको छ ।
मंगलवार सर्लाहीको बागमती नगरपालिका ८ सोल्टी स्थित बागमती सिँचाईको नहरमा वडा नम्बर–१० ब्रहमस्थान बस्ने ७२ वर्षीया फूलमाया परियारको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
बिहान घरबाट खेत जान्छु भनि गएकी महिलाको सिँचाई नहरमा डुबेर मृत्यु भएको हो ।
महिलाको पोस्टमार्टम पश्चात परिवारले शव बुझेको तथा यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


