मोरङबाट ३६ किलो गाँजासहित एकजना पक्राउ

मोरङ, १७ साउन । मोरङको सीमावर्ती क्षेत्रबाट ३६ किलो गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार नेपालबाट भारतको जोगवनीतर्फ लैजाँदै गरेको अवस्थामा जहदा–२ का २५ वर्षीय मुकेश गुरुङलाई पक्राउ गरेको हो ।
जहदा गाउँपालिका–२ हरिनगराबाट मङ्गलबार बिहानका ३६ किलो गाँजासहित प्रहरीले पक्राउ गरेको हो ।
तीन जनाले बोकेर भारततिर लैजाँदै गरेको अवस्थामा प्रहरीसँग जम्काभेट भएपछि अन्य दुई जना भने फरार भएको प्रहरीले बताएको छ ।
पक्राउ परेका गुरुङलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानीमा राखिएको उनले बताए ।
गुरुङलाई लागुऔषध ऐनअन्तर्गतको मुद्दा लगाउने प्रहरीको तयारी छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


