जनकपुरबाट लागूऔषधसहित एक युवक पक्राउ

जनकपुरधाम, १७ साउन । धनुषा प्रहरीले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मिथिलाविहारी नगरपालिका–६ तारापट्टी बस्ने २७ वर्षीय प्रविण यादव रहेका छन् ।
प्रहरीले जनकपुरधाम उपमहानगरपालिका–५ देवानपोखरी नजिकबाट उनलाई पक्राउ गरेको हो ।
ज.१० प. ३१३ नम्बरको मोटरसाइकलमा आउँदै गरेका यादवमाथि शंका लागेपछि चेकजाँच गर्दा उनको साथबाट प्रतिबन्धित लागूऔषध नाईट्रोभेट ट्याबलेट ५२५ पिस बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।
पक्राउ परेका यादवलाई जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याई लागूऔषध मुद्दामा ५ दिन म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


