धनुषाबाट लागूऔषधसहित दुई युवक पक्राउ

जनकपुरधाम, १४ साउन । धनुषा प्रहरीले लागूऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको औरही गाउँपालिका–६ बस्ने २४ वर्षीय जिबस दास र जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वर बस्ने १८ वर्षी राजु दास रहेका छन् ।
प्रहरी चौकी ठाडिझिझाबाट गस्तीमा खटेको प्रहरी टोलीले जिल्लाको विदेह नगरपालिका–१ मौनाथपुर बोर्डरमा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका जिबस र राजुमाथी शंका लाग्दा शरिर खानतलासि गरेका थिए ।
खानतलासिको क्रममा जिबसको पाईन्टको खल्तिबाट ६ पिस नाईट्रोभ्याट ट्याबलेट र राजुको साथबाट १० पिस नाईट्रोभ्याट ट्याबलेट बरामद भएको थियो ।
दुबै जनालाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय खजुरीमा ल्याएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


