८ वर्षीया भतिजीलाई जबर्जस्ती करणी गरेको आरोपमा २४ वर्षीय काका पक्राउ

महोत्तरी, १४ साउन । महोत्तरीमा आफ्नै ८ वर्षीया भतिजीलाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले उनको काकालाई पक्राउ गरेको छ ।
जिल्लाको बर्दिबास नगरपालिका बस्ने बालिकाको परिवारले दिएको किटानी जाहेरीको आधारमा प्रहरीले आरोपी काकालाई पक्राउ गरेको हो ।
गत साउन १० गते राति करिब १० बजे भतिजीलाई आफ्नो कोठामा बोलाई काकाले जबर्जस्ती करणीको गरेको आरोप पीडित पक्षले लगाएका छन् ।
पक्राउ परेका काकाको नाम भने प्रहरीले खुलाएको छैन । २४ वर्षीय आरोपितलाई इलाका प्रहरी कार्यालय बर्दिबासले हिरासतमा राखेको छ ।
अनुसन्धान प्रभावित नहोस् भन्ने उद्देश्यले बालिकाको ठेगानासमेत गोप्य राखिएको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिए ।
आरोपित काकालाई आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको डीएसपी रावलले बताए ।
पक्राउ परेका काकालाई जबर्जस्ती करणी मुद्दामा जिल्ला अदालत महोत्तरीबाट पाँच दिनको म्याद थप गरिएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


