अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन गर्ने तीनवटा गाडी प्रहरी नियन्त्रणमा

महोत्तरी, १४ साउन । महोत्तरी प्रहरीले अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन गर्ने तीनवटा गाडी नियन्त्रणमा लिएको छ ।
जिल्लाको गौशाला नगरपालिका अन्तर्गत बाँके खोलामा गिट्टी, वालुवा उत्खनन गरिरहेका दुई टिपर र एउटा जेसीबी प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरी चौकी कान्तिबजारवाट खटिएको प्रहरी टोलीले अवैध उत्खनन गरिरहेको तीनवटै गाडीहरु नियन्त्रणमा लिएर गौशाला नगरपालिकालाई बुझाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


