सर्लाहीमा करेन्ट लागेर एक पुरुषको मृत्यु

सर्लाही, १३ साउन । सर्लाहीमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको पर्सा गाउँपालिका–६ दक्षिणबारी टोल बस्ने ४५ वर्षीय सुबोध झा रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
आफ्नै घरको पानी तान्ने मोटर जोडने क्रममा शुक्रवार विहान करिब ९ बजेको समयमा करेन्ट लागेर घाईते भएका झालाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिए ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


