महोत्तरीबाट प्रतिबन्धित लागूऔषधसहित एक युवक पक्राउ

महोत्तरी, १२ साउन । प्रहरीले महोत्तरीबाट प्रतिबन्धित लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बर्दिबास नगरपालिका–६ किसाननगरका २५ वर्षीय संजय परियार रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
बुधवार राति औरही नगरपालिका–४ कठुधारस्थित माईस्थान सम्सी सडक खण्डमा प्रहरी टोलीले चेकजाँचको क्रममा पैदल हिडेर आईरहेको परियारलाई एक्सिप्लोन सिरप ५ बोतलसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।
महोत्तरी जिल्ला अदालतबाट लागूऔषध मुद्दामा पाँच दिनको म्याद लिई ईलाका प्रहरी कार्यालय गौशाला महोत्तरीबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


