भारतीय जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी, १२ साउन । सुनसरीमा भारतीय जिपको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको बर्दिबास नगरपालिका–६ बस्ने २९ वर्षीय बालकृष्ण राना मगर रहेका छन् ।
उनको सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका–४ स्थित सुनसरी पुलमा बुधबार राति जिपले ठक्कर दिँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।
भारतीय नम्बरको स्कारपियोले विपरित दिशातर्फ गइरहेको ना ६३ प ४०७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


