धनगढी, ११ साउन । कैलालीको धनगढी उपमहानगरपालिका–१२ का वडाध्यक्षलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उपमहानगरपालिका–१२ जुगेडाबाट वडाध्यक्ष शेरबहादुर महरालाई नियन्त्रणमा लिइएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीले नियन्त्रणमा लिई उनलाई जिल्ला अदालत कैलालीमा पेस गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

चेक अनादर मुद्दामा कैलाली जिल्ला अदालतले वडाध्यक्ष महरालाई अदालतमा उपस्थित गराउन भनेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।

वडाध्यक्ष महरालाई अदालतमा उपस्थित गराउन पत्र आएको र सोही पत्रका आधारमा प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक जोशीले जानकारी दिए । कृष्णकुमार राना वादीले वडाध्यक्ष महराविरुद्ध मुद्दा दायर गरेका थिए ।