यातायात कार्यालय जनकपुरधामद्वारा ५५ करोड ५६ लाख राजस्व संकलन

जनकपुरधाम, १० साउन । यातायात व्यवस्था कार्यालय जनकपुरधामले गत आर्थिक वर्ष २०७८/७९ मा ५५ करोड ५६ लाख ६८ रुपैयाँ राजस्व संकलन गरेको छ ।
कार्यालय प्रमुख वीरेन्द्रकुमार साहले सवारी करबाट ४२ करोड २२ लाख ३४ हजार ८७, सवारीचालक अनुमतिपत्र तथा नवीकरणबाट १२ करोड १ लाख ६१ हजार तथा नयाँ सवारी दर्ता र रुट परमिटबाट १ करोड ३२ लाख ४ हजार ९८१ रुपैयाँ राजस्व संकलन भएको जानकारी दिएका हुन् ।
यस्तै, आर्थिक वर्ष २०७८/७९ मा १६ हजार १८७ मोटरसाइकल, ५११ ट्याक्टर, ४७१ टेम्पु, २८२ इ–रिक्सा, २३८ जिप÷कारलगायत १५ हजार ९२० नयाँ सवारी साधन दर्ता भएको उनले बताए ।
यो आर्थिक वर्ष २०७७/७८ को भन्दा २२ करोड ३० लाखले बढी हो । यसअघि आर्थिक वर्ष २०७६/७७ मा यातायात व्यवस्था कार्यालय जनकपुरधामले ३९ करोड २२ लाख राजस्व संकलन गरेको थियो ।
कार्यालय प्रमुख साहले सो आर्थिक वर्षमा २० हजार ६७२ जनालाई नयाँ चालक अनुमतिपत्र वितरण गरिएको र २२ हजार ७५० सवारी साधन नवीकरण गरिएको जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


