मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु, एक जना गम्भीर घाइते

सर्लाही, १० साउन । सर्लाहीमा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा परी भारत घर भएका अन्दाजी ३५ वर्षीय शंकर पासवानको मृत्यु भएको छ भने २७ वर्षीय रोशन पासवान गम्भीर घाइते भएका छन् ।
बलरा नगरपालिका–७ डुमरियामा सोमबार बेलुकी साढे ८ बजे उक्त दुर्घटना भएको हो ।
दुर्घटनामा परी घाइते भएका दुबैजनालाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याइएकोमा उपचारकै क्रममा शंकरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


