सर्लाहीबाट ४५ किलो गाँजा बरामद

सर्लाही, १० साउन । सर्लाही प्रहरीले प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरेको छ ।
जिल्लाको लालबन्दी नगरपालिका–१६ बाट प्रहरीको गस्ती टोलीले बा ६ च ८६६६ नम्बरको पिकअप गाडीबाट ४५ किलो गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
पिकअप गाडी शंकास्पद अवस्थामा रानीगंजतर्फ जाँदै गरेको अवस्थामा गाडीलाई पिछा गर्दै जाँदा मिलन चोकस्थित जंगल नजिक गाडी छोडेर चालक भागेको प्रहरीले जनाएको छ ।
प्रहरीले पिकअप गाडीको पछाडी भागको फल्स बटनमा बनाई लुकाई छिपाई राखेको ५ वटा पोका रातो र १ वटा पोका सेतो प्लास्टिकले बेरेको गरि ६ वटा गाँजाको पोका बरामद भएको सूचना अधिकृत प्रहरी नायव उपरीक्षक बिजय यादवले जानकारी दिए ।
फरार भएका चालकको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


