सर्लाहीमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही, ९ साउन । सर्लाहीमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रामनगर गाउँपालिका–५ का २२ वर्षीय रमेशकुमार यादव रहेका छन् ।
गिटी लोड गरेको ना७त १७३५ नम्बरको ट्याक्टरले धनकौल गाउँपालिका–२ स्थित मधुवनी सडक खण्डमा बीआर ३० क्यू ४१०२ नम्बरको मोटरसाइकलमा सवार यादवलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका यादवको उपचारका क्रममा सोमबार मृत्यु भएको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


