पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु

पाल्पा, ८ साउन । पाल्पामा बस दुर्घटनामा हुँदा ६ जनाको मृत्यु भएको छ ।
गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको लु१ख ५९५२ नम्बरको बस आइतबार साँझ पाल्पाको लघुवामा सडकबाट तल खसेको हो ।
मृत्यु हुनेमा ३ जना महिला र ३ जना पुरुष रहेको पाल्पाका एसपी जनकबहादुर शाहीले जानकारी दिए । १७ जना घाइतेलाई उद्धार गरी तानसेन पठाइएको छ । प्रहरी स्थानीयले उद्धारको काम गरिरहेका छन् ।
मृतक र घाइतेको संख्या अझ बढ्न सक्ने बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


