जुवाखालबाट पाँचजना जुवाडे पक्राउ

सर्लाही, ८ साउन । सर्लाही प्रहरीले जुवाखालबाट पाँचजना जुवाडेलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा लालवन्दी–१० का ३३ वर्षीय सुमन खतिवडा, ९ का ४५ वर्षीय दिपक रास्कोटी, ६ का ३८ वर्षीय अमम्मर पुलामी मगर, ११ का २८ वर्षीय सुनिल मण्डल र १० का ३३ वर्षीय अर्जुन फुयाँल रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिए ।
जिल्लाको लालवन्दी नगरपालिका–९ बस्तीपुर बस्ने सन्तोष चौलागाईंको घरमा तास खेलिरहेका पाँचजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रहरीले उनीहरूलाई तास खेलिरहेको अवस्थामा ३ बुक तास र नगद १८ हजार ६० रुपैयाँसहित नियन्त्रणमा लिएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


