सिरहामा पिकअपको ठक्करले एक बालिकाको मृत्यु

सिरहा, ८ साउन । सिरहामा पिकअपको ठक्करले एक बालिकाको मृत्यु भएको छ ।
सिरहाको कर्जन्हा नगरपालिका–३ स्थित पूर्वपश्चिम राजमार्गमा प्रदेश २–०१–००१ च ०३२७ नम्बरको पिकअपले बाटो क्रस गर्ने क्रममा करिब १३ वर्षीया बालिकालाई ठक्कर दिँदा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।
प्रहरीका अनुसार पिकअपको ठक्करबाट घाइते भएकी बालिकाको उपचारको क्रममा फूलकुमारी मेमोरियल अस्पताल कर्जन्हामा मृत्यु भएको हो ।
बालिकाको अहिले सनाखत हुन सकेको छैन । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


