दाङ, ३२ असार । दाङको घोराही उपमहानगरपालिका–९ मा गोठ भत्किँदा एक बालिकाको मृत्यु भएको छ ।

माटोले बनेको गोठ भत्किँदा च्यापिएर इब्राहिम मियाकी दुई वर्षीया छोरी अबिता खातुनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङले गोठ भत्किएर गम्भीर घाइते भएकी बालिकाको उपचारको क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जनाएको छ ।