सप्तरीमा पानीमा डुबेर एक वृद्धको मृत्यु

सप्तरी, ३२ असार । सप्तरीको सप्तकोसी नगरपालिका–५ स्थित चन्द्रनहरमा पानीमा डुबेर एक वृद्धको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सप्तरीको सप्तकोसी नगरपालिका–४ बस्ने ७० वर्षीय लक्ष्मी सदा रहेको प्रहरीले जनाएको छ ।
शुक्रबार बेलुकाको समयमा गाई चराएर घर फर्किने क्रममा गाई फर्काउन नहरमा पसेका वृद्ध सदा अचानक डुबेका थिए । उनी डुबेको खबर गाउँलेले अबेर राती थाहा पाए लगतै प्रहरीलाई खबर गरी उद्घार कार्यमा लागेका थिए ।
प्रहरीले नहरको पानी बन्द गराइ खोजी कार्यमा लाग्दा शनिवार बिहान सदाको शव चन्द्रनहर भन्दा करिब तीन किलोमिटर दक्षिण बगाएर लगेको अवस्थामा फेला परेको प्रहरी चौकी फत्तेपुरले जनाएको छ ।
मृतक सदाको शव पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा राखिएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


