जनकपुरधाम, ३२ असार । बागमती नदिमा बेपत्ता भएका धनुषाका एक युवकको शव फेला परेको छ ।

शुक्रबार परिवारसँग रौतहटको नुनथरस्थित बागमती नदी किनारमा पिकनिक गएका धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ बस्ने २० वर्षीय पारश यादव नुहाउने क्रममा नदीमा डुबेर बेपत्ता भएका थिए ।

उनको शव शनिबार बिहान फेला परेको हो ।

रौतहटको चन्द्रपुर नगरपालिका–१ नुनथरमा शुक्रबार साँझ पौडी खेल्ने क्रममा बेपत्ता भएका यादवको रातिदेखि नै प्रहरीले खोजतलास गरेको थियो ।

खोजी गर्ने क्रममा बागमती सिचाई आयोजनाको ब्यारेजको ढोकामा अड्कीरहेको अवस्थामा यादवको शव भेटिएको सशस्त्र प्रहरी वेश क्याम्प सन्तपुरका प्रमुख प्रहरी नायव उपरीक्षक योगराज दाहालले जानकारी दिए ।

शवलाई सुरक्षाकर्मीले डोरीको सहायताले निकालेका छन् ।

शुक्रबार आफ्ना बुबाआमा सहित पिकनिक खान आएका यादव अन्य दुईजना पौडी खेल्न साझ साढे पाँच बजेतिर बागमती नदीमा छिरेका थिए ।

तीनजना मध्ये महाराजा जैसवार र अमर यादवन पौडीएर बाहिर निस्कन सफल भएका थिए भने यादव भने नदीमा डुबेर वेपत्ता भएका थिए ।