महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा दुई बालक पक्राउ

बारा, ३१ असार । मधेस प्रदेशको बारा जिल्लामा एक महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई बालकलाई पक्राउ गरेको छ ।
बाराको आदर्श कोतवाल गाउँपालिका–१ स्थित आफ्नै गोठघरमा सुतिरहेकी ५६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा १५ वर्षीय र १७ वर्षीय किशोर छन् । २५ असारमा गोठघरमा एक्लै सुतिरहेकी महिलामाथि दुबैले बलात्कार गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकालाई जबर्जस्ती करणीसम्बन्धी कसुरमा जिल्ला अदालतबाट म्याद थप गरी निगरानी कक्षमा राखिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


