सप्तरीमा छिमेकीको कुटाईबाट एक महिलाको मृत्यु

सप्तरी, ३१ असार । सप्तरीमा छिमेकीको कुटाईबाट एक महिलाको मृत्यु भएको छ ।
जिल्लाको डाक्नेश्वरी नगरपालिका–८ स्थित कटीमा छिमेकीको कुटाईबाट ५५ वर्षीया जीरादेवी मण्डलको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले सोही ठाउँका राजेश शर्मा र गणेश शर्माले जीरादेवीलाई कुटपिट गर्दा उनको मृत्यु भएको जानकारी दिए ।
स्थानीय मनोज मण्डल साइकलमा खाद्यान्न लिएर आफ्नो घरतर्फ आउँदै गरेको अवस्थामा राजेश र गणेशको आफन्त पर्ने एक बालकलाई साइकलले ठक्कर दिएको भन्दै विवाद भएको थियो । सोही विवादको क्रममा राजेश र गणेशसहित गाउँका अन्य व्यक्तिले मनोजलाई कुटपिट गर्न थालेपछि आफ्नो छोरालाई बचाउने क्रममा उनीहरुको कुटपिटबाट जीरादेवीको मृत्यु भएकोे बुहारी अमरीदेवी मण्डलले जनाकारी दिइन् ।
मृतकको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा राखिएको छ । कुटपिटमा संलग्न व्यक्ति फरार भएको र उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


