महोत्तरी, ३१ असार । महोत्तरीको लोहारपट्टी नगरपालिका–४ बरथटोलमा पोखरीमा डुबेको अवस्थामा एक बालकको शव भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीका अनुसार गए राति स्थानीय भाग्यनारायण यादवका २ वर्षीय छोरा सार्थक यादवको शव गाउँकै शिवजी पोखरीमा फेला परेको हो ।

बालक सार्थक घरबाट खेल्न भनी निस्केकोमा अबेर साँझसम्म घर नफर्केपछि परिवारजनले खोज्दै जाँदा उनी पोखरीमा डुबेको अवस्थामा फेला परेका थिए ।