जनकपुरधाममा ७ दिवसीय मिथिला महोत्सवको आयोजना हुँदै

जनकपुरधाम, २ चैत । मैथिली कला संस्कृतिका साथै पर्यटन र स्थानीय उत्पादनलाई बढावा दिने उद्देश्यका साथ जनकपुरधाममा ७ दिवसीय मिथिला महोत्सवको आयोजना गरिन लागिएको छ ।
चैत २४ गतेदेखि ३० गतेसम्म आयोजना हुने ७ दिवसीय सो महोत्सवमा मैथिली कला संस्कृतिको प्रदर्शन तथा देशका प्रख्यात कलालकारहरुको प्रस्ुतुती रहने भएको हो । सो महोत्सवको आयोजना आइडिया पिक्सेलले गर्न लागेको छ ।
महोत्सवमा कला संस्कृतिसँगै मिथिलाको जनजिविकासँग सम्बन्धित विभिन्न खाद्यान्न सामग्री र कला सीपसहितका सामग्रीहरु प्रदर्शनी गरिने आइडिया पिक्सेलका अध्यक्ष पवनराज जोशीले जानकारी दिए ।
एक दिनमा चार हजार भन्दा बढी दर्शकले अवलोकन गर्ने र सोको लागि प्रति व्यक्ति ३० रुपैयाँको दरले शुल्क निर्धारण गरिएको जोशीले बताए ।
महोत्सवमा नेपाली कलाकारहरु संदीप क्षेत्री, शिव परियार, सुगम पोखरेल, कमल खत्री, अनिल सिंह, प्रमोद खरेल, सुनिल पण्डित सहित मिथिला नाट्य कला परिषदका कालाकारहरुले मनोरञ्जनात्मक प्रस्तुती दिने अयोजकले जनाएको छ ।
जनकपुरधाम उद्योग वाणिज्य संघको समन्वयमा हुन लागेको महोत्सवमा जनकपुरधामका ठुला, मझौला तथा साना उद्योग लगायतकाले उत्पादन गरेका विभन्न सामग्रीहरुको समेत स्टलमा राखिने र सोको प्रदर्शनी हुने जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले बताए ।
जनकपुरधामको बाह«विघा मैदानमा हुने यस महोत्सवमा करिब ९४ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


