नेपाल विश्व हिन्दु महासंघ धनुषाद्वारा होली मिलन समारोहको भव्य आयोजना

जनकपुरधाम, २ चैत । नेपाल विश्व हिन्दु महासंघ धनुषाले होली मिलन समारोहको भव्य आयोजना गरेको छ ।
हिन्दु धर्म, सँस्कृति र परम्पराको संरक्षण एवं प्रवर्द्धनका लागि विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको विश्व हिन्दु महासंघ धनुषाले भव्य रुपले होली मिलन समारोहसमेत सम्पन्न गरेको हो ।

महासंघ धनुषाका अध्यक्ष जानकी रमन झाको अध्यक्षतामा आयोजित समारोहका प्रमुख अतिथी जानकी मन्दिरका सहायक महन्थ रामरोशन दासले हिन्दु धर्म, सँस्कार, सँस्कृति र परम्परालाई जिवन्त राख्न हिन्दु धर्मको संरक्षण एवं प्रवर्ध्दनमा लागेका सम्पूर्ण हिन्दुवादी संघसंस्थाहरुलाई एकजुट हुन आग्रह गरे ।

महन्थ दासले होली पर्वमा विगतमा देखिएका विकृतिहरु बिस्तारै कम भईरहेको दावी गर्दै यसमा जनकपुरधामका युवाहरुको महत्वपूर्ण योगदान रहेको बताए । महन्थ दासले सहिदहरुको सम्मानमा एउटा सहिद पार्क निर्माण गर्न आवश्यक रहेकोसमेत धारणा राखे ।

कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–७ का वडाध्यक्ष जानकी राम साह, कामख्या परिवार जनकपुरका संयोजक विभाष लाभ, लोसपाका महिला नेत्री बिभा ठाकुर, व्यवसायी प्रभु जलान, युवा अगुवा सरोज मिश्र, शम्भु निर्दोषी, नेपाली काँग्रेसका युवा नेता राकेश बिक्रम साह, नेपाल विश्व हिन्दु महासंघका वरिष्ठ उपाध्यक्ष चान्दनी झालगायतकाहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमका अधिकांश वक्ताहरुले हिन्दु धर्मको रक्षा गर्न विश्व हिन्दु महासंघ र हिन्दु धर्मावलम्बीहरुलाई निरन्तर धेरै कामहरु गर्नुपर्ने आवश्यकता रहेको कुरामाथि जोड दिएका थिए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


