स्थानीय निर्वाचनमा ८० प्रतिशत पालिकामा जित्ने सभापति यादवको दावी

महोत्तरी, २ चैत । नेपाली कांग्रेस महोत्तरीका सभापति नागेश्वर यादवले आगामी स्थानीय तहको निर्वाचनमा ८० प्रतिशत पालिकामा जित्ने दावी गरेका छन् ।
अघिल्लो निर्वाचनमा भन्दा कांग्रेसको सांगठनिक अवस्था निक्कै बलियो भएकाले महोत्तरीका १५ मध्ये १२ भन्दा बढी स्थानीय तहमा बहुमत आउने उनले दावी गरेका हुन् ।
क्षेत्र नम्वर १ महोत्तरीले बुधबार आयोजना गरेको होली विशेष कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो दावी गरेका हुन् । उनले बाहिर सार्वजनिक भए जस्तो महोत्तरी कांग्रेसमा कुनै तिक्तता नरहेको पनि जिकिर गरे ।
जिल्ला कमिटी सदस्य विनोद बरालले स्थानीय तह निर्वाचनको टिकटप्रति लक्षित गर्दै कुनै पनि व्यक्ति बलियो नभएको र संगठनिक संरचना बलियो भए मात्र व्यक्ति बलियो हुने बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


