संघीय संसदको अधिवेशन अन्त्य गर्न सिफारिस

काठमाडौं, १ चैत । सरकारले संघीय संसदको अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मंगलबार राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
संसद अधिवेशनको अन्त्य र शुरुवात सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने व्यवस्था छ । संसदको यो अधिवेशनमा प्रतिनिधिसभाले एमसीसी पारित गरेको थियो ।
यही अधिवेशनमा भने प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव दर्ता भएको छ । तर छलफल नहुँदै अधिवेशन अन्त्य गर्न सिफारिस गरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


