झापा, १ चैत । झापाको कमल गाउँपालिका– ५ सितापुरी राजमार्गमा बसको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अन्दाजी ३२ वर्षीय पुरुष रहेका छन् । उनको सनाखत हुन सकेको छैन ।

बसको ठक्करबाट गम्भिर घाइते भएका उनको उपचारको लागि दमक तर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमबार बेलुकी साढे ७ बजे लु १ ख ८८३६ नम्बरको बसले उनलाई ठक्कर दिएको थियो । ठक्कर दिने बस सहित चालक इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।