राष्ट्रपति भण्डारी र साउदी अरबका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं, १ चैत । दुई दिने औपचारिक भ्रमणका लागि काठमाडौं आएका साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउदले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।
मंगलबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति भण्डारी र अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउदबीच भेटवार्ता भएको हो ।
भेटमा दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


