विद्युतीय गाडी बनाउन गोल्छा ग्रुपको आर्थिक सहयोग

काठमाडौं, १ चैत । गोल्छा ग्रुपले थापाथली क्याम्पसका विद्यार्थीलाई विद्युतीय गाडी ‘मैचा’ बनाउन आर्थिक सहयोग गरेको छ ।
यो गाडीले सन् २०२० को अक्टोबरमा अन्तर्राष्ट्रिय प्रतियोगिता शेल इको म्याराथनमा भाग लिएको थियो ।
विद्यार्थीहरूले आवश्यक सीपअनुसार टोली निर्माण गर्ने, प्रायोजक खोज्ने, कार्य स्थललाई अन्तिम रूप दिने आदि जस्ता प्रारम्भिक गतिविधिबाट काम सुरु गरेका थिए । फेब्रुअरी २०२२ सम्म निर्माण टोलीले सवारी साधनको डिजाइन र डेभलपमेन्ट सफलतापूर्वक सम्पन्न गरेको बताइएको छ ।
अनेकन टेस्ट राइडहरू पछि विद्युतीय गाडी ‘मैचा’ अहिले पूर्ण रुपमा प्रतिस्पर्धा गर्न तयार रहेको छ । सबै नियम पालना गर्दै उपलब्ध निर्देशन र स्पेसिफिकेशनहरू अनुसार गाडी बनाइएको निर्माण टोलीले जानकारी दिएको छ । ‘मैचा’ को ब्याट्रीले १ किलोवाट आवर चार्जबाट १५० किलोमिटर सम्मको रेन्ज दिन्छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


