जनकपुरधाम, ३० फागुन । डिप्लोमा इन्जिनियर्स एसोसिएसन नेपाल (डिन) को सातौं जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

‘सस्तो, सुलभ र वैज्ञानिक प्रविधिको विकास गरौं’ भन्ने मूल नाराका साथ सोमबार जनकपुरधाममा एसोसिएसनले जिल्ला अधिवेशन सम्पन्न गरेको हो ।

धनुषाको सातौं जिल्ला अधिवेशनबाट १३ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएका छन् ।

नयाँ कार्यसमितिको अध्यक्षमा गुदरी यादव, उपाध्यक्षमा सुशिल अधिकारी, सचिवमा रुपेश रोशन सिंह, सह–सचिवमा लालबाबु ठाकुर र कोषाध्यक्षमा सचिता कुमारी यादव चयन भएका छन् ।

त्यस्तै, सदस्यहरुमा कमलेश प्रसाद यादव, बब्लु साह, इश्वर प्रसाद साह, पंकज कुमार दास, विशाल झा र सरिता कुमारी महतोलाई सर्वसम्मत चयन गरिएको छ ।

एसोसिएसनका केन्द्रीय अध्यक्ष कामेश्वर प्रसाद सिंहको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा प्रदेश कमिटीका सुरेश साह, बिनोद झा, अमरेन्द्र देब, मिथिला राय, ज्ञानेन्द्र कुमार देबसहितकाहरुको उपस्थिती रहेको थियो ।