जनकपुरधाम, ३० फागुन । जनकपुरधामबाट मोटरसाइकल चोरी गरेर भाग्दै गरेका दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर–२ बस्ने २० वर्षीय अर्जुन यादव र १९ वर्षीय दिपेन्द्र यादव रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

शनिवार राति करिब ११ बजे जिल्ला प्रहरी कार्यालयबाट खटेको गस्ती टोलीले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–५ महाविर चोकबाट दुबैजनालाई शंकाको आधारमा सोधपुछ तथा अनुसन्धान गर्दा मोटरसाइकल चोरी गरेर भाग्दै गरेको खुलेको जिल्ल प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले बताए ।

प्रदेश २–०३–००९ प २९२६ नम्बरको सुपर स्पलेणडर मोटरसाईकल र बा ९६ प ९७८० नम्बरको मोटरसाईकल महाविर चोक स्थित भित्र गल्लीमा पार्किङ गरेको अवस्थामा रहेकोमा दुबैजनाले चोरी गरेर भाग्दै थिए ।

दुबैजनालाई जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याई चोरी सम्बन्धी मुद्दामा ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।