बन्चरो प्रहार गरी पतीको हत्या

नवलपरासी, ३० फागुन । पतीको हत्या गरेको आरोपमा नवलपरासी पूर्वबाट एक महिला पक्राउ परेकी छन् ।
प्रहरीले ६५ वर्षीय चमन सिंह भिरकट्टाको हत्या गरेको आरोपमा उनकी ६५ वर्षीया पत्नी श्याम कुमारी भिरकट्टालाई पक्राउ गरेको हो ।
बुलिङटार गाउँपालिका–५ राईकोट बस्ने श्याम कुमारीलाई प्रहरीले अदालतबाट अनुमती लिएर अनुसन्धान गरिरहेको छ ।
घरायसी विवाद हुँदा श्यामकुमारीले पतीलाई बन्चरोले हिर्काएकी थिइन् । बन्चरो प्रहारबाट गम्भीर घाइते भएका चमनको उपचारको क्रममा मृत्यु भएको थियो ।
घटनाबारे ईलाका प्रहरी कार्यालय रुद्रपुरले अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


