कांग्रेस बाराको सभापतिमा राजेश राय यादव निर्वाचित

बारा, ३० फागुन । नेपाली कांग्रेस बाराको सभापतिमा राजेश राय यादव निर्वाचित भएका छन् ।
यादवले १ हजार २०६ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी शम्भुबहादुर बुढाथोकीले १ हजार १५४ मत मात्र प्राप्त गर्न सके ।
आफ्ना प्रतिस्पर्धी शम्भुबहादुर बुढाथोकीलाई ५२ मतको अन्तरले पराजित गर्दै यादव सभापतिमा विजयी भएका हुन् ।
खसेकोमध्ये २९ मत भने बदर भएको प्रमुख निर्वाचन अधिकृत गङ्गेश्वरप्रसाद अधिकारीले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


