काँग्रेस सर्लाहीको सभापतिमा संस्थापन पक्षका सिंह निर्वाचित

सर्लाही, ३० फागुन । नेपाली काँग्रेस सर्लाहीको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा सभापति पदमा संस्थापन पक्षका उम्मेदवार सुरेन्द्र प्रसाद सिंह निर्वाचित भएका छन् ।
सिंहले १ हजार ७५८ मत ल्याएका छन् भने उनका निकटतमप्रतिद्वन्दी डाक्टर शेखर कोइराला पक्षका उम्मेदवार लक्ष्मण रायले १ हजार ३७८ मत मात्र प्राप्त गरेका छन् ।
सिंह यसअघि जिल्ला उपसभापति थिए भने राय पार्टीको पूर्व जिल्ला सभापति हुन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


