सिरहामा कार दुर्घटनामा परी एक युवकको मृत्यु, तीनजना घाइते

सिरहा, ३० फागुन । सिरहामा कार दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।
दुर्घटनामा परी मृत्यु हुनेमा धनुषाको कमला नगरपालिका–१ बस्ने २२ वर्षीय धीरज मण्डल रहेको प्रहरीले जनाएको छ ।
नरहा गाँउपालिका–३ खोरियाटोलमा आइतबार राति कार दुर्घटना हुँदा मण्डलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी धनुषाकै २० वर्षीय शुभलाल मण्डल, सोही ठाउँका ७ वर्षीय बालक आयुष मण्डल र २२ वर्षीय रोशन कुमार मण्डल घाइते भएका छन् ।
घाइते मध्ये शुभलालको अवस्था गम्भीर रहेको छ । उनलाई थप उपचारका लागि विराटनगर पठाईएको छ । अन्य दुईजनाको स्थानीय स्तरमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।
आइतबार राति पौने ११ बजे भारतीय नम्बरको कार अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


