एमसीसी पारित भएपछिको कामको सम्बन्धमा जनतालाई जानकारी दिन माग

काठमाडौं, २९ फागुन । नेकपा एमालेका सांसद भीमबहादुर रावलले एमसीसी सम्झौता प्रतिनिधिसभाबाट पारित भएपछिको कामको सम्बन्धमा जनतालाई जानकारी दिनुपर्ने माग गरेका छन् ।
आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद रावलले एमसीसी सम्झौता प्रतिनिधिसभाबाट पारित भएसँगै नेपाल सरकारले त्यस सम्बन्धमा गरेका काम जनताले थाहा पाउनुपर्ने बताएका हुन् ।
उनले नेपालको स्वतन्त्र परराष्ट्र नीति परिवर्तन गर्नुपर्ने आवाजहरू उठिरहेको भन्दै त्यस प्रकारको आवाजलाई बन्द गर्न पनि माग गरे ।
सांसद रावलले दार्चुला जिल्लाको बंगाबगरमा भारतले एकतर्फी रुपमा तटबन्ध निर्माण गरिरहँदा पनि सरकार नबोल्नु लाजमर्दो विषय भएको टिप्पणी गर्दै सो सम्बन्धमा सरकारले संसदमा जवाफ दिनुपर्ने माग गरे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


