हेटौंडा, २९ फागुन । बागमती प्रदेशसभा बैठकले दुईवटा विधेयक पारित गरेको छ ।

आइतबार बसेको प्रदेशसभा बैठकले ‘प्रदेश उच्च शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र ‘प्रदेश पर्यटन विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पारित गरिएको हो ।

प्रदेशसभामा दर्ता भएको १ वर्षभन्दा लामो समयपछि ती विधेयकहरु पारित भएको छ । प्रदेशसभा बैठक केही समयको लागि स्थगित भएको छ ।